काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडकखण्ड आजदेखि रातिको समयमा बन्द हुने भएको छ । आजदेखि असोज २० गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने नागढुङ्गा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नौविसे–मलेखु सडकखण्डअन्तर्गतका सडक चौडा बनाउन पहिरो काट्नु पर्ने भएकाले रातिको समयमा काम गर्नुपर्ने सूचनामा जनाइएको छ । आयोजनाले उक्त समयमा एम्बुलेन्स र सुरक्षाकर्मीका सवारीसाधन बाहेक अन्य सबै किसिमका सवारी साधन चलाउन नपाउने उल्लेख गरेको छ । साथै आयोजनाले उक्त सडक खण्डमा दिउँसोमा मात्र सवारी सञ्चालन गर्न पनि आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय