

काठमाडौं । चन्द्रागिरि नगरपालिका– ३ बालश्रम मुक्त वडा घोषणा भएको छ ।






बिहीबार एक कार्यक्रमकाबीच वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो । कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले २०८० भित्र चन्द्रागिरि नगरपालिकालाई नै बालश्रम मुक्त नगर घोषणा गरिने बताउनु भयो । उहाँले नगरपालिकालाई बालश्रम मुक्त बनाउनका लागि बालबालिका लक्षित विभिन्न कार्यक्रमका लागि बजेट साथै कार्यक्रमहरु तय भएको जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दुर्गालाल महर्जनले बालबालिकाको संविधान पद्धत हक अधिकारको सुनिश्चित गर्दै बालश्रम मुक्त वडा घोषणा गरिएको बताउनु भयो । बालबालिकाको मौलिक हकका लागि अब उप्रान्त कसैले पनि श्रमजन्य काममा लगाउन नपाइने वडाबासीले शपथ लिएसँगै ३ नम्बर वडा बालश्रम मुक्त वडा घोषणा भएको हो ।
यो सहित नगरपालिकाको २ वटा वडा बालश्रम मुक्त वडा घोषणा भएको छ । १४ नम्बर वडा यसअघि नै बालश्रम मुक्त वडा भइसकेको र बाँकी १३ वटा वडालाई २०८० भित्रै बालश्रम मुक्त बनाइ चन्द्रागिरि नगरपालिकालाइ बालश्रम मुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य नगरपालिकाको रहेको छ ।