

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शिक्षकहरुको जायज माग सम्बोधन गर्नुपर्ने बताउनु भएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आन्दोलनरत शिक्षकहरुको उपयुक्त र जायज मागहरु सम्बोधन गर्नुपर्ने बताउनु भएको हो ।
संविधानले दिएको माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहले पूरा गर्न सक्नेमा अध्यक्ष नेपालले आशंका समेत व्यक्त गर्नुभयो । स्थानीय तहले शिक्षण संस्थाको उन्नति र प्रगतिभन्दा पनि आफ्ना मान्छेलाई नियुक्त गर्नका लागि मात्रै अधिकार प्रयोग गर्ने हो कि भन्ने आशंका उब्जिएको उहाँको भनाइ छ । देशमा देखिएका समस्याको समाधान सबैभन्दा बढी कम्युनिष्ट पार्टीले मात्र गर्नसक्ने नेपालको दाबी थियो ।





