नक्कली नेपाली रुपैया पन्ध्र लाख सतासी हजार सहित इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएका दुई जनालाई सार्वजनिक गरेको छ । इटहरी बजार क्षेत्रमा नक्कली नेपाली रुपैयाको कारोबार हुने गरेको विशेष सुचनाको आधारमा निग्रानी वढाएको प्रहरीले संखुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर ५का बिबेक राई र संखुवासभा जिल्लाकै मकालु नगरपालिका वडा नम्बर ६ का अजय राई पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय इटहरीले बिबेक राईलाई नियन्त्रणमा लिएर तलासी लिने क्रममा क्रममा अजय राईसंग रहेको खुलेपछि इटहरी उपमहानगरपालिका वडा नम्बर ३बाट प्रहरीले नियन्त्रणमा लिएका अजयलाई तलासी गर्दा पन्ध्र लाख सतासी हजार नक्कली नोट फेला परेको र प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमती लिएर थप हिरासतामा राखेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपीन रेग्मीले जानकारी दिए ।



प्रहरी नियन्त्रणमा रहेका राईद्धयबाट बरामद भएका एक हजार दरका नक्कली नोटहरुमा ज९५ ५३७१९७ नम्बर उल्लेख गरिएको तीन सय एक थान , झ७७ ४५५२५५नम्बरका ८४ झ२८ २५४५९०नम्बरका तीन सय एक थान , झ८३ २११३०६ नम्बरका दुई सय पाँच थान ,ञ१६ ५३८२९४ नम्बरका १सय ९७ थान , ञ ८४ ०१५०४४ नम्बरका ३सय २ थान र ट८३ ४३३८५९ नम्बरका १सय ९७ थान गरी कुल पन्ध्र लाख सतासी हजार नक्कली नोट सहित नोकिया कम्पनीको सादा १ थान र ओप्पो कम्पनीको १ थान मोवाइल समेत फेला परेको इलाका प्रहरी कार्यालय इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी गराइयो ।
इटहरी । इटहरीमा रहेर पुर्व क्षेत्रमा शैक्षिक तथा अतिरिक्त क्रियाकपालका क्षेत्रमा नाम कमाएको सुषमा गोदावरी कलेजले एक कार्यक्रमको आयोजना गरी कक्षा ११का विद्यार्थीलाई स्वागत गरेको छ ।कलेजका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता तथा राहुल रायको संयोजकत्वमा कक्षा १२का विद्यार्थीले विभिन्न कार्यक्रमको आयोजना गरी कक्षा ११का विद्यार्थीलाई स्वागत गरेका हुन ।
सो अवसरमा कक्षा १२का विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरेका थिए । विद्यार्थीले विभिन्न गित तथा नृत्य प्रस्तुत गरेका थिए भने कक्षा ११का विद्यार्थीको सहभागितामा मिस्टर एण्ड मिस सुषमा प्रतियोगिता पनी आयोजना गरिएको थियो । प्रतियोगिताका निर्णायकहरुमा रोनिश राउत , मेरिना तुम्सा लिम्बु , दिपक गिरी , आसिका रायमाझी , रोनक अग्रवाल रहेका थिए । मिस्टर तथा मिस सुषमा बन्न सफल विद्यार्थीलाई पुरस्कृत गरियो ।
कार्यक्रममा प्राचार्य बोधराज नेपाल, कलेजका निर्देशकद्धय पेशल पोखरेल, सुकदेव घिमीरे ,विद्यार्थी तथा अभिभावक लगायतको सहभागिता रहेको थियो ।



