नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भएको सचिव पदको निर्वाचनमा पारस खड्का विजयी भएका छन् ।अध्यक्षसहित ३ पदाधिकारी र तीन केन्द्रीय सदस्य सर्वसम्मत चयन हुँदा सचिव र १० केन्द्रीय सदस्यको निर्वाचन भएको थियो ।कुल ८५ मत खसेको निर्वाचनमा सचिवमा पारस खड्का विजयी भए , उनले प्रतिस्पर्धी प्रशान्तविक्रम मल्ललाई २० मतान्तरले पछि पारेर विजयी भएका हुन् ।
खड्काले ५० मत प्राप्त गर्दा मल्लले ३० मत प्राप्त गरेका थिए। पारस अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका हुन् भने प्रशान्तले ‘स्वतन्त्र’ उम्मेदवारी दिएका हुन् । शनिबार भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। चन्द यसअघि पनि अध्यक्ष थिए ।



क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि कोषाध्यक्ष थिए ।यस्तै, कोषाध्यक्षमा पनि पदमबहादुर खड्का निर्विरोध चन भएका छन् । खड्का पहिलो पटक क्यान कार्यसमितिमा परेका हुन् ।



