दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ । शनिवार दिउँसो तुलसीपुर–११ बेलटाकुराका टेकबहादुर हमालले खुकुरी प्रहार गरी तुलसीपुर उपमहानगरपालिका ११ की ४३ वर्षीय रीता लामिछानेको हत्या गरेका हुन् । खुकुरी प्रहारबाट सोही ठाउँका ४५ वर्षिय बिर बहादुर हमाल र ६५ वर्षिय कमला कुमारी हमाल गम्भीर घाइते भएका छन् ।



आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाटीमा एक्कासी खुकुरी प्रहार गर्दा लामिछानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुई जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ । प्रहरीले खुकुरी प्रहार गर्ने हमाललाई निजकै नियन्त्रणमा लिएको छ । खुकुरी किन र के कारणले प्रहार गरेको हो यसबारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।



