सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँ जिल्लाको दमौली स्थित सभाहलको उद्घाटन गरेका छन। कुल २३ करोड लागतमा भगवान वेदब्यासको जन्म भुमि दमौली स्थित ब्यास(३ मा नव निर्मित सुविधा सम्पन्न सभागृहहलको उद्घाटन गरेका हुन।
सुशासन ,संवृर्दि,कृषि ,उर्जा पर्यटन र सामाजिक न्यायकालागि समर्पित भै मुलुकको विकासकालागि सबै राष्ट्रिय शक्तिहरु एक ठाउँमा उभिन जरुरी भएको बताए । प्रसिद्र ऐतिहासिक एब्म् धार्मिक पर्यटनको प्रवर्द्धन ,कृषिमा लगानी गरि पालिका पालिकामा शिक्षा स्वास्थ्य र रोजगारीको संभावना स्थापित गरि गाँउमै बसौ बसौ हुने वातावरण निकट भविषयमै सृर्जना गराउन मद्दत पुग्ने बताए ।



प्रसिद्ध धार्मिक तिर्थ स्थल भगवान वेदब्यासको जन्म स्थललाई विश्व माँझमा परिचित गराउन १०८ फिट अग्लो ब्यासको मुर्ति निर्माण गरिने,प्रसिद्धि छाब्दीबाराही मन्दिर ,अकला ,पर्यटकीय स्थल मानुङकोट र तनहुँ सुरलाई पर्यटकको रोजाईको केन्द्र बनाउन आफु लागिपरेको बताए । राष्ट्रपति पैडेलले अबको जीवन राजनीतिमा नभै देशको चौतर्फी विकासका लागि रहने बताए ।



