काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नुहुने भएको छ ।
चीन भ्रमणमा रहनु भएका दाहाल नेपाल–चीन विजनेश समिटमा भाग लिन बेइजिङ जाँदै हुनुहुन्छ । नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने सम्मेलनमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा छलफल हुनेछ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपिआइटीले सम्मेलनको आयोजना गरेको हो ।



दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार हाङचाओमा भटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री दाहालसहितको प्रतिनिधिमण्डल असोज १३ गते नेपाल फर्किने छ ।



