चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट दुई गैंडा कोशीटप्पु वन्यजन्तु आरक्षका लागि पठाईएको छ । दुई पोथी बच्चा गैंडा निकुञ्जको मुख्यालय कसराबाट कोशीका लागि पठाईएको हो ।

निकुञ्जले २०७६ –०७७ सालमा उद्दार गरेका पुष्पा र अञ्जली नामका गैंडा मंगलबार पठाइएको छ । पुष्पालाई २०७६ माघमा र अञ्जलीलाई २०७७ फागुनमा आमाबिहीन अवस्थामा उद्दार गरिएको थियो । गैंडाको संख्या विस्तारका लागि कोशीटप्पु पठाएको हो ।

एकैठाउँ रहँदा भवितब्य र अन्य कारणले एकै पटक नमासियोस् भनेर सबैतिर गैंडाको बासस्थान फैलाउन लागिएको छ । यी गैंडाका लागि प्रजनन समयमा भाले गैंडा हस्तान्तरण गरिने निकुञ्जको भनाइ छ । नेपालका निकुञ्ज र वनमा गरी ७ सय ९२ गैंडा रहेका छन् । ती मध्ये चितवनमा मात्रै ६ सय ९४ रहेको छन् । केही समय पहिले कोशीटप्पुबाट अर्ना चितवन ल्याइएको थियो । तर ती अर्ना मध्ये केही बाघले खाएको र केही आफै मरिसकेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय