काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज चितवनमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले यस्तो बताउनु भएको हो । मन्त्री बस्नेतले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउँदै यसका बारेमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको पनि जानकारी दिनुभयो । उहाँले चिकित्सकलाई शान्ति सुरक्षा प्रत्याभूत गराउन गृहमन्त्रालयसँग छलफल भइसकेकोले ढुक्क भएर काममा फर्कन पनि चिकित्सकहरुलाई आग्रह गर्नुभयो ।

मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू ६ महिनाभित्र सञ्चालनमा ल्याइने दाबी समेत गर्नुभयो । अस्पतालहरुमा चिकित्सकमाथि कुटपिट भएकोभन्दै केहीदिनदेखि चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय