काठमाडौं । सार्वजनिक जग्गा मासिदै गएको समयमा चन्द्रागिरि नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण गरेर सुन्दर हरियाली पार्क बनाएपछि यस क्षेत्रको वातावरण परिवर्तन भएको छ । चन्द्रागिरि नगरपालिकामा बसोबास गर्ने स्थानीय र यहाँ प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत यसले मनमोहक तुल्याएको छ ।

जताततै भएको सार्वजनिक जग्गा मिचेर सकिएको समयमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा भने स्थानीय तहले भएको नगरभित्रको सार्वजनिक जग्गा संरक्षण गरी हरियाली पार्क निर्माण गरेपछि यस क्षेत्रको वातावरण सुन्दर र हरियाली भएको छ । प्रसिद्ध धार्मिक तीर्थ स्थल मातातीर्थ, चन्दन भराटेश्वर मन्दिर आउने धार्मिक पर्यटकलाई लक्षित गरेर बनाइएको पार्कले यो क्षेत्रको वातावरण समेत सुन्दर बनाएको छ ।

अहिले बनेको वन महालक्ष्मी जेष्ठ नागरिक पार्क र मातातीर्थ फन पार्क वातावरण मैत्री बालमैत्री, जेष्ठ नागरिक र आन्तरिक पर्यटकलाई घुम्न मनोरञ्जन गर्नको लागि पार्कले महत्वपूर्ण भूमिका खेलेको वडा अध्यक्ष संजय सिग्देल बताउछन् । नगरपालिका र स्थानीय वडाले भएको सार्वजनिक जग्गालाई संरक्षण गरेर अत्यन्तै सुन्दर पार्क निर्माण गरिएको छ । यो पार्कले प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मातातीर्थमा आउने पर्यटक र आसपासका क्षेत्रका आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याएको छ ।


चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको करिव ४८ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेर स्थानीय उपभोक्ताको सहकार्यमा पार्क निर्माण गर्नुका साथै ट्वाइलेट, खानेपानी लगायतका पूर्वाधार समेत तयार गरिएको छ भने पार्कलाई ब्यवस्थित गरिएपछि यस क्षेत्रको वातावरण समेत सुन्दर देखिएको छ । करोडौं मूल्य पर्ने सार्वजनिक जग्गा मिचेर ब्यक्तिहरूले मनोमानी गरिरहेको समयमा चन्द्रागिरि नगरपालिकाले तारवार पर्खाल लगाएर यसलाई सामाजिक कार्यमा लगाएर सर्हानिय काम गरेको छ ।

चन्द्रागिरि नगरपालिका भित्र होमस्टे, जेष्ठ नागरिक पार्क, भ्यू टावर, बुद्व स्टुपा पार्कलगायतका दर्जनौं पर्यटकीय गन्तव्य बनेपछि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय