काठमाडौं । बसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएपछि आमन्त्रण पूजा गरिएको छ । गणेश, भैरव र कुमारीलाई खटजात्रा गरेर तलेजुको प्रांगणमा पुर्याएर हिजो बेलुका आमन्त्रण पूजा गरिएको हो । जात्रा अबधिभर कुनै बाधा विघ्न नहोस भनेर आमन्त्रण पूजा गर्ने प्रचलन रहेको स्थानीयको भनाइ छ ।
विगतमा यस्तो पूजा राजपरिवारको तर्फवाट हुने गरेको भएपनि अहिले भने सरकारको तर्फवाट हुने गर्दछ । इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । इन्द्रजात्राको मुख्य दिन भने बिहीबार परेको छ ।






