काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालायका सचिव मधु कुमार मरासनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सचिव मरासनीसहित ९ जनाविरुद्ध विशेष अदालतमा २३ करोड मूल्य बराबरको भ्रष्टाचार मु्द्दा दायर गरेको हो । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष संजय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, तत्कालीन उपनिर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठ, तत्कालिन सहायक निर्देशक रमेश पोखरेल, तत्कालीन लेखा अधिकृत निम बहादुर वली, तत्कालीन लेखा अधिकृत राम बहादुर बुढा, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख मधु कुमार मरासिनी,राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर राम शरण गायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।



नेसनल पेमेन्ट गेटवेमा अनियमितता भएको उजुरीको आधारमा छानबिन गर्दा उनीहरूले २३ करोड अनियमितता गरेको पुष्टि हुन आएको अख्तियारको ठहर छ ।नेपाल सरकार र सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही तथा बद्नियत गरी २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ हानि नोक्सानी गराएको पुष्टि भएको अस्तियारले जनाएको छ । उनीहरुलार्ई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा (३) को उपदफा (१)अनुसार विगोबमोजिम जरिवाना गरी हानीनोक्सानी गराएको सम्पत्ती असुल गर्न अख्तियारले माग गरेको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC) का तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा ६ वर्ष अघि खरिद गरिएको नेसनल पेमेण्ट गेटवे (NPG) प्रयोगमा आउन आउन सकेको छैन।





