काठमाडौं । १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजीत भएको छ । २ सय ३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन जोड्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित ३२ र सन्दीप जोराले १२ बलमा ३ छक्कासहित २९ रन बनाए । कुशल भुर्तेलले २८, कुशल मल्ल २९ र आसिफ शेखले १० रन बनाए । कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके । सोमपाल कामी ७ र गुल्सन झा ६ रन बनाएर आउट भए ।

भारतका रवि विस्नोई र आभेस खानले ३र३ र अर्सदीप सिंहले २ विकेट लिए । नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो । ७६(२ को अवस्थामा नेपालले एक रनको अन्तरमा दुई विकेट गुमाएको थियो । नेपालले खेलमा १४ छक्का र ११ चौका प्रहार गरेको थियो ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको थियो । भारतका यशस्वी जैसवाल १ सय रन जोडेर आउट भए । उनले ४८ बलमा सतक पुरा गरेका थिए । रुतुराज गाइक्वाडले २५ रन बनाए । रिंकु सिंहले १५ बलमा ३७ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे । भारतले १ सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । भारतले अन्तिम दुई ओभरमा मात्र ३९ रन जोड्यो । अविनाश बोहराले २०औँ ओभरमा २५ रन खर्चिएका थिए । अविनाशले ४ ओभरमा ५३ रन दिए । सन्दीपले ३ ओभरमा २८, सोमपालले ४ ओभरमा ३८, रोहित पौडेलले ३ ओभरमा २६ र दीपेन्द्रले ४ ओभरमा ३१ रन खर्चिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय