काठमाडौँ । नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि–अन्सारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत अन्सारी प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका हुन् । प्रधानमन्त्री कार्यालयका अनुसार दुई जनाबिच आपसी हितसँग जोडिएका विषयहरूबारे छलफल भएको थियो ।
आजै,नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका सभामुख मिल्टन डिकले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । भेटमा संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ ।भेटमा अष्ट्रेलियाका सभामुख डिकले दुई मुलुकबीच जनस्तरमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै आफ्नो मुलुक नेपालसँग विकास साझेदारी र जलवायु परिवर्तनविरुद्धको अभियानमा साथमै रहने बताएका छन् ।






