काठमाडौं । अमेरिकाले सन् २०२५ का लागि डीभीको आवेदन खुला गरेको छ ।
नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्र्दै डीभी भर्न सकिने जानकारी दिएको हो । आज राति ९ः४५ बजेबाट कात्तिक २१ गते रातिको १०ः४५ बजेसम्म डीभी भर्न सकिने छ । डीभी भर्दा शुल्क नलाग्ने दूतावासले जनाएको छ । डीभी आफैंले भर्न सकिने हुँदा कन्सल्टेन्टको सहयोग नलिन पनि सुझाव दिएको छ ।



डीभी भर्नको लागि डीभी प्रोग्राम डटस्टेट डटजीओभीमा गएर आवेदन भर्न सकिने छ । डीभी भर्दा पतिपत्नी र २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य छ । एक जनाका लागि एउटा आवेदन दिन पाइनेछ ।



