उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान र कानूनको शासन पालना गर्दै राष्ट्रिय सुरक्षालाई बलियो बनाउनुपर्ने बताएका छन् । महोत्तरीको बर्दिबासमा आज भएको मधेश प्रदेशको समसामयिक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रियामा उनले धार्मिक एवम् सामुदायिक सद्भाव भड्काउने तत्वलाई समयमै पहिचान र नियन्त्रण गर्न सरोकारवालाई निर्देशन दिएका हुन । गृहमन्त्री श्रेष्ठले दण्डहीनताको अन्त्य गर्न, सेवा प्रवाहलाई सहज र गुणस्तरीय बनाउन, शान्ति सुरक्षा चुस्त बनाउन, भ्रष्टाचारी एवम् अपराधीलाई कानुनको दायरामा ल्याउन निर्देशन दिएका हुन ।

उपप्रधानमन्त्री श्रेष्ठले चाडबाडको मुखमा हुनसक्ने चोरी, निकासी तथा कृतिम महँगी रोक्न समेत सुरक्षा निकायलाई सचेत गराए । मुद्दा मिलाउने भन्दै मिटरब्याजी र पीडितबाट रकम असुल्ने गरिएको गुनासो आफुलाई प्राप्त भएकोले त्यस्तो प्रवृत्ति क्षम्य हुन नसक्ने गृहमन्त्री श्रेष्ठको भनाइ थियो । उनले ध्यान तथा योगाले सेवामा समर्पणभाव पैदा गर्ने भएकोले त्यसलाई स्वजागरणका रूपमा आत्मसात गर्न समेत आग्रह गरे ।

बैठकमा मधेसका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखले कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा कतिपयबाट वाधाव्यवधान खडा गर्न खोजिएको जानकारी गराएका थिए । जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक संजालमा आउने कतिपय सामाग्रीले उत्तेजना निर्माण गर्न खोजेको लगायतका समस्या समेत उनीहरुले राखेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय