काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको महोत्सवमा चलपहल सुरु हुन थालेको छ ।

स्थानीय उत्पादन तथा बजार प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक दिने महोत्सव बेलुका ५ बजेसम्म संचालन हुनेछ । महोत्सवमा ह्याण्ड ब्याग, जुत्ता, कपडा, स्थानीय खाना, डल्लो साबुन, कागती, लप्सी, आँपका अचार, नेवारी समयाबजीलगायतका सामग्री राखिएका छन् । महोत्सवमा विशेषत नेवारी सस्कृति झल्कने बाजागाजा, नाचगानको आयोजना समेत गरिएको वडा अध्यक्ष नरेन्द्र राज श्रेष्ठ जानकारी दिनुभयो ।

महोत्सव आयोजना हुने स्थान सतुंगल, हाई वे चोक देखि विष्णुदेवी शिक्षा सदन माध्यमिक विद्यालयसम्मको करिब ३ सय मिटर सडक पूर्णरुपले निषेध गरिएको छ भने ह्वाईट दरबार पार्टी प्यालेस, साल्ट ट्रेडिङ लिमिटेड र सतुंगल पार्टी प्यालेसमा पार्किङको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय