गाजा पट्टीबाट इजराइलतर्फ हमासले गरेको रकेट आक्रमणमा परी मर्नेको संख्या पुगेको छ । कुसेफीका मेयर अब्द अल–अजिज नासाराले गाजाबाट रकेट हमला हुँदा धेरै घाइते भएको भन्दै सबैको मृत्यु भएको पुष्टि गरेका हुन् । हमासको रकेट आक्रमणपछि इजराइली प्रतिरक्षा फौज (आईडीएफ) ले शनिबार युद्धका लागि तयार रहेको घोषणा गरेको छ ।



इजराइलमा गाजा पट्टीबाट व्यापक रकेट हमला र हमास आतङ्ककारीहरूको घुसपैठपछि आईडीएफले युद्धका लागि तयार रहेको बताएको हो । इजराइली भूमिमा गाजाबाट व्यापक रकेट प्रहार भएको र थुप्रै प्रवेश विन्दुबाट इजराइली भूमिमा आतङ्ककारीहरूले घुसपैठ गरेको इजराइली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आईडीएफले मुलुकका दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दाहरूलाई सुरक्षित अवस्थामा रहन आवश्यक रहेको बताएको छ । आईडीएफले गाजा पट्टीमा जवाफी हमला गरिरहेको जनाएको छ । यसैबीच प्रतिरक्षामन्त्री योआभ गालान्टले हमासले अप्रत्याशित आक्रमण गरेपछि रिजर्भमा रहेका सैनिकहरूलाई बोलाउने कदमलाई अनुमति दिएका छन् । त्यसैगरि कृषी अध्ययनकालागी इजरायल पुगेका ७ विद्यार्थी समेत घाइते भएको खबर प्राप्त भएको छ ।प्यालेस्टाएनी आक्रमणमा ५सय बडि घाईते भएकाछन् ।



