काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दुर्गालाल महर्जनको जीवन वृत्तान्त पुस्तक लोकार्पण भएको छ ।

काठमाडौं क्षेत्र नम्बर १० का संघीय सांसद राजेन्द्र कुमार केसीले सामान्य व्यक्ति प्रेरणा, जागरण, इमान्दारिताकै कारण अहिले यो ओहोदामा पुगेको र उहाँबाट धेरै कुरा सिक्नु पर्ने बताउनु भयो । उहाँले महर्जनलाई सफल व्यवसायी, सफल राजनीतिज्ञ, समाजसेवी, परोपकारी व्यक्तित्वका धनि भनि प्रशंसा गर्नुभयो । केसीले कुनै पनि व्यक्तिले आफ्नो जीवनको सम्पूर्ण यथार्थ कुरा बाहिर ल्याउन चाहदैन तर, उहाँको यो कदमलाई सबैले आत्मसाथ गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । केसीले महर्जनको यो पुस्तक जीवन्त दस्तावेजको रुपमा रहेको बताउनु भयो ।

कार्यक्रममा दुर्गालाल महर्जनले एउटा सामान्य किसान परिवारमा जन्मिएको साधारण व्यक्ति दृढ संकल्पबाट आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ भन्ने ज्वलन्त उदाहरण आफु रहेको उल्लेख गर्नुभयो । आफुले मुस्किलले लेखपढ गरेको र गरिवीका कारण ऋण तिर्न नसक्दा घरमा बाहिर चुकुल लगाई भित्र आफु र आफ्नो परिवार बसेको त्यो क्षणको समेत उहाँले स्मरण गर्नुभयो । त्यही दुःखको क्षणमा उहाँले नेपाल ढाका उद्योग खोलेको र त्यहीबाट आज आफु यो स्थानसम्म आइपुगेकोले गरिवीसँग नआत्ति संघर्ष गरेर अघि बढ्न सुझाव दिनुभयो । महर्जनले आफ्नो यो जीवन वृत्तान्त पुस्तक पुरै पढेको खण्डमा विदेश जाने सोच परिवर्तन भई स्वदेशमै केही गर्छु भन्ने भावना जागृत गर्न मद्दत पुग्नेमा आफु आशावादी रहेको बताउनु भयो ।

महर्जनको जीवन वृत्तान्त पुस्तक नेपाल ढाका उद्योग प्रालिले प्रकाशन गरेको हो । उहाँको यो पुस्तकको सम्पादन साहित्यकार भीमनारायण श्रेष्ठले गर्नुभएको छ । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, वडाअध्यक्ष, प्रशासकीय प्रमुख हेमराज अर्याल, साहित्यकार भुवनहरी सिग्देल, इतिहासका अन्वेषक रविन्द्र रिजाललगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय