काठमाडौं । इजरायलमा भएको आक्रमणमा परी ज्यान गुमाएका नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ ।

प्यालेस्टाइनको हमास समूहले गएको शनिबार राति इजरायलमा गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । आक्रमणपछि एक नेपाली सम्पर्क बिहीन छन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतक नेपालीहरुको सम्मानमा राष्ट्रिय शोक घोषणा गरेको हो ।साथै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय सरकारले गरेको हो ।इजरायलमा रहेका नेपालीको उद्धार गर्ने, इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा बेपत्ता नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय पनि सरकारले गरेको छ । जोखिममा रहेका नेपालीलाई उद्धारका लागि प्रक्रिया सुरु भइसकेको सरकारी दावी छ । युद्धका कारण जोखिममा परेर नेपाल फर्कन चाहनेहरूको सूची तयार भइरहेको र नेपाल आउन चाहनेहरूको संख्या यकिन भइसकेपछि जतिसक्यो छिटो जहाज पठाउने सरकारको तयारी छ । इजरायलमा मृत्यु भएका १० नेपालीको शव ल्याउनेबारे प्रक्रिया अघि बढेको र शव ल्याएर आफन्तलाई हस्तान्तरण गर्ने तालिका बनउदै गरेको सरकारले इजरायलमा रहेको दूतावाससँग नियमित सम्पर्कमा रहेर काम गरिरहेको छ । यसैबिच, प्रमुख राजनीतिक पार्टीले जोखिममा परेका नेपालीलाई उद्धार गर्न र घटनामा परी मृत्यु भएकाको शव छिटो ल्याई आफन्तलाई हस्तान्तरण गर्न आग्रह गरेका छन ।

 

एमाले, कांग्रेसलगायतका दलहरुले जोखिममा परेका नेपालीलाई सुरक्षित स्थानतिर लैजान, नेपाल फर्कन चाहनेका लागि व्यवस्था मिलाउन र त्यहाँ मृत्यु भएकालाई ल्याएर आफन्तको जिम्मा लगाउन आग्रह गरेका छन । सरकारले मृतकका परिवारलाई राहतस्वरूप १० लाख दिने निर्णय पनि गरेको छ । इजरायलमा करिब ४ हजार ५ सय नेपाली छन ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय