अर्घाखाँचीको अर्घा भगवती मन्दिरबाट ५१ बर्ष अघि हराएको पशुपतीनाथको पञ्चमुखी मुर्ती भेटिएको छ । २०३० साल बैशाख २५ गते अर्घा भगवती मन्दीरबाट चोरी भएको पञ्च मुख भएका शंकर भगवानकोे मुर्ती, आज बिहानीको शुभ साईतसंगै वैदिक विधि पुर्बक मन्दिरमा पुनः प्रतिस्थापन गरिएको अर्घा मन्दिर ब्यबस्थापन समतिका अध्यक्ष सरोज भुसालले बताए ।बाइसे चौविसे राज्य अन्तर्गत पर्ने अर्घा मन्दिर तथा दरवारमा वैदिक विधि पुर्बक पुजाआजा गरी पञ्चेबाजा बजाएर शुभ साइतमा मन्दिरमा मुर्ती पुन प्रतिस्थापन गरिएको पंडित केशवराज आचार्यले बताए ।
बाइसे, चौबिसे राज्य अन्तर्गत पर्ने सन्धिखर्क नगरपालिका वडा नम्वर ९ मा अबस्थित अर्घा दरबार अर्थात अर्घा भगवती मन्दिरमा पहिले धेरै देवी देवताका मुर्तीहरु थिए । ५१ बर्ष अगाडि चोरहरुले मन्दिर फोडेर बहुमुल्य धातुका धेरै मुर्ती चोरी गरेका थिए ।



मुर्ती हराएपछि खोजविन गर्दै जादा मुद्दा चलेको थियो । पुनरावेदन अदालत तत्कालिन अञ्चल अदालतमा हराएको मध्येको एकवटा मुर्ती रहेकोे भन्ने जानकारी प्राप्त भएपछि स्थानीय बुढापाकालाई बुझ्दा पञ्च मुख भएको मुर्ती मन्दिरमा रहेको र उक्त मुर्ती पनि हराएको थियो भन्ने जानकारी प्राप्त भएपछि मुर्ती ल्याएर आज शुभ साइतमा प्रतिस्थापन गरिएको अध्यक्ष भुसालले बताए । मुद्दाको समयमा उक्त मुर्ती अनुसन्धानको सिलसिलामा लगिएको हुन सक्ने र झण्डै ४ सय बर्ष पुरानो हुन सक्ने अनुमान छ ।
वडा दशैमा विशेष पुजाआजा हुने यस यस मन्दिरमा देवी भागवत , वेद पाठ पारायण तथा दुर्गा शप्तसती पाठ भैरहेको पंडीत केशवराज आचार्यको भनाई छ । कोजाग्रत पुर्णिमाको दिन सराये नाच हुने गर्दछ । अर्घाको सरोये नाँच देशभर प्रसिद्ध छ ।
हाल यस मन्दिरमा एसियाकै सबै भन्दा ठुलो भगवती मन्दिरको मुर्ती प्रतिस्थापन गरिएको छ । अर्घा दरबार अर्थात अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा , २१ फिटको मुर्ती राखिएको छ ।लुम्बिनीमा आएका पर्यटकहरु तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीय स्थल सुपा देउरालीमा आएका पर्यटकहरुलाई सदरमुकाम सन्धिखर्क हुदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठुलो भगवती देवीको मुर्ती स्थापना गरिएको हो । सन्धिखर्क नगरपालिकाका पुर्ब नगर प्रमुख कमल प्रसाद भुसालले उक्त मुर्ती स्थापना गर्न पहल गरेका हुन् ।
गौतम बुद्धको जन्म स्थल लुम्विनी संगै गुल्मीको रेसुंगा र प्युठानको स्वर्गद्वाराीमा आएका पर्यटकहरुलाई अर्घा दरबारमा लैजाने उदेश्यले मुर्ती स्थापना गरिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।



