



मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेर घाइते भएका पाइलट प्रकाश सेढाईंको उपचारको क्रममा निधन भएको छ । उनको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा निधन भएको मनाङ एयर प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
लुक्लाबाट सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको एन-एएनजे कलसाइनको हेलिकोप्टर असोज २७ गते बिहान दुर्घटनामा परेको थियो ।दुर्घटनामा परेको हेलिकोप्टरमा आगलागी भएको थियो। हेलिकोप्टरमा पाइलट सेढाईं एक्लै थिए।



