

बाँकेमा नवदुर्गा भर स्थापना गरिएका दुर्गामाताको मूर्ति कडा सुरक्षाको बन्दो बस्त मिलाएर बिसर्जन गरिएको छ । सामाजिक सदरभाव खलबलिन सक्ने कुरालालाई ध्यानमा राख्दै बाँके प्रशासनले १५ सय सुरक्षाकर्मी परिचालन गरेर मूर्ति बिसर्जन गर्ने बन्दोवस्त मिलाएको हो ।
बाँकेमा पहिलो पटक कडा सुरक्षाको बन्दोस्त मिलाएर नवदुर्गाभर स्थापना गरिएका दुर्गामाताका मूर्तिहरु बिसर्जन गरिएको छ । गत असोज ११ र १२ गते सामाजिक सञ्जालमा लेखिएको फेसबुक स्टाटसले सुस्लिम र हिन्दु धर्मलालम्बिहरुले बिरोध गरेका कारण सामाजिक सद्भाव खल्बलिन सक्ने भन्दै बाँके प्रशासनले अहिले सम्मकै कडा सुरक्षा ब्यबस्था मिलाएर बुधबार दुर्गामाताका मूर्ति बिसर्जन गर्ने ब्यबस्था गरेको हो । नवदुर्गा अवधिभर स्थापना गरिएका मूर्ति बिसर्जन गर्न टोल टोलबाट मूर्ति सहितको ¥याली निकालेर नदीमा लिएर बिसर्जन गरिने भएकाले बाँके प्रशासनले जिल्लाभर १५ सय जनपद र शसस्त्र प्रहरीको दस्ता परिचालन गरेको थियो ।






नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका ७२ र बाँकेका अन्य स्थान तथा पालिकामा ३ सय २६ गरि ३ सय ९८ दुर्गामाताका मूर्ति स्थापना गरेर दशैको दोश्रो दिन राप्ती नदीको अगैया, सिंधनीयाघाट र मानखोलामा बिसर्जन गरिएका छन् । दुर्गामाताको मूर्ति बिसर्जन गर्नका लागि जिल्लाभर सुरक्षा ब्यबस्था मजबुत बनाएको भन्दै यसका लागि टोल, चोक, देखि ड्रोनबाट समेत सुरक्षा निगरानी गरेर दुर्गामाताको मूर्ति बिसर्जन गर्ने ब्यबस्था मिलाईएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखे्रल बताउछन् । उनले सदियौ देखिको सद्भावको सहर नेपालगन्जको समाजिक सद्भाव खल्बलिन नदिन दुर्गामाताको मूर्ति सबसर्जन गर्ने दिनमा मदिरा सेवन तथा बिक्रि बितरणमा रोक लगाउने देखि एकदिनका लागि बोर्डर समेत बन्द गरिएको बताए ।
नेपालगन्जको शान्ति सद्भाव कायम राख्न हिन्दु र मुस्लिम मिलेर दुर्गामाताको मूर्ति बिसर्जन गर्न आफूहरुले सक्दो सहयोग गरेको शान्ति सद्भाव समितिका संयोजक समेत रहेका दिपक लोध बताउछन् ।बाँके प्रशासन र जिल्ला प्रहरी कार्यालयको सकृयतामा अहिले सम्मकै मूर्ति बिसर्जन गर्ने ब्यबस्थापन भएको बाँकेका स्थानीय सूर्यलाल यादव बताउछन् । नवदुर्गा लागेसंगै दुर्गामाताको मूर्ति स्थापना गरेर ब्रत बस्ने चलन रहेको भन्दै नवदुर्गाको अवधीभर स्थापना गरिएका मूर्ति एकादशीको दिन पूजापाठ गरेर बिसर्जन गर्न राप्तीनदीमा ल्याउने गरेको नेपालगन्जका स्थानीय सतिष कुमार वैश्य बताउछन् ।
हजारौको संख्यामा उपस्थित भएका हिन्दु महिला पुरुषले बुधवार दुर्गामातामो मूर्ति बिसर्जन गरेका छन् । बाँके प्रशासनले चौक, टोल, सडक र मूर्ति बिसर्जन गर्ने राप्ती नदीमा समेत प्रहरी र ट्राफिक प्रहरी परिचालन देखि मूर्ति बिसर्जन गर्दा नदीमा डुबेर दुर्घट्ना हुने सम्भावनालाई समेत मध्येनजर गरेर गोताखोरको समेत ब्यबस्था मिलाएको थियो । सम्भावित दुर्घट्नालाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाले समेत नगर प्रहरी परिचालन गरेको थियो ।