नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामासहित नेताहरु चढेको बोलेर गाडी काभ्रेको बेथानचोक १ मा दुर्घटना भएको छ ।तालढुंगाबाट माथि जानलागेको गाडी गुवाभन्ज्याङमा ब्रेक फेल भएर सडकमा पल्टिँदा बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामासहित केही सामान्य घाइते भएका छन् ।गाडी सामान्यरूपमै उकालो चढेकोमा अचानक निकालो भन्ने ठाउँको सडकमा पल्टिएको तर ठूलो क्षति नभएको सोही गाडीमा सवार संविधानसभा सदस्य तथा एमाले नेता रामहरी सुवेदीले बताए ।पार्टी कामको सिलसिलामा नेताहरु बेथानचोक पुगेका थिए । सामान्य घाइतेहरूलाई तत्कालै एम्बुलेन्सबाट उद्धार गरिएको छ ।

उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाडी भित्तामा ठोक्काएर पल्टाएको सुवेदीले बताएका छन् । उनी पनि सामान्य घाइते भएका छन् । ७ जना घाइतेलाई तत्काल उद्धार गरी धुलीखेल अस्पताल पुर्याएर उपचार भईरहेको छ ।एमाले नेताहरु आजै खानीखोला गाउँपालिकाको शुभकामना कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय