काठमाडौं । सिंगापुरलाई ८ विकेटले हराउँदै घरेलु टोली नेपालले आईसीसी टी-२० विश्वकप छनोटमा धमाकेदार सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ थालेको सिंगापुरलाई १४५ रनमा सीमित गरेको नेपालले १६।३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ७४ रन बनाए । कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे । आसिफ शेख २७ रन बनाएर आउट भए ।

नेपालले ८४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । कुशलले ४८ बलमा २ छक्का र ८ चौका प्रहार गरेर ७४ रन बनाएर क्याच आउट भए । त्यसअघि पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोडेको थियो । नेपालका अविनाश बोहराले ३ तथा सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले २(२ विकेट लिएका थिए । नेपालले समूहको दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय