इजरायल र हमासबीचको आक्रमणमा ३१ जना संचारकर्मीको मृत्युभएको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायल माथि सुरु गरेको आक्रमणपछि भएको युद्धको स्थलगत समाचार संकलनको क्रममा ३१ जना पत्रकारको मृत्यु भएको हो । अधिकांश संचारकर्मीको गाजापट्टीमा मृत्यु भएको छ । इजरायलको खतरनाक बमबारी र स्थलगत आक्रमणबाट २६ जना प्यालेस्टाइनी, चार इजरायली र एक जना लेबनानी पत्रकारले ज्यान गुमाएको कमिटी टू प्राटेक्ट जर्नलिस्ट्स सीपीजेले बताएका छन् ।

युद्धमा इजरायलमा १४ सय जना मारिएका छन् भने गाजामा ३३ सय बालबालिकासहित साढे ८ हजारले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय