काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर २ सिलाभञ्ज्याङमा पराल बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कुशादेवीबाट नयाँगाँउतर्फ जाँदै गरेको बा ४ ख ६७२३ पराल बोकेको गाडी दुर्घटना हुँदा कुशादेवीका ४० बर्षीय रबिन आचार्य र बेथानचोक गाउँपालिका वडा नम्बर २ का ५० बर्षीय विक्रम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

उनीहरु दुबै जिल्लाको अस्पताल ल्याइपुर्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बेथानचोक गाउँपालिका वडा नम्बर २ का ४५ बर्षीय सारदा तिमल्सिना घाईते भएकी छन् । उनको टाउको घाँटी र दुबै हात खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय