काठमाडौं । इजरायलले गाजापट्टीको जबालिया शरणार्थी शिविरमा गरेको हवाई आक्रमणबाट १ सय भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् ।
आक्रमणबाट १ सय २० जना भन्दा बढी भग्नावशेषमा पुरिएको र ७ सय ७७ जना घाइते भएका छन् ।



संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसले शिविरमा गरिएको पटकपटकको आक्रमणले सर्वसाधारणको ज्यान गएको भन्दै इजरायलको कदमप्रति कडा निन्दा गर्नुभएको छ । इजरायलले यो आक्रमणमा हमासका एक वरिष्ठ कमाण्डर महम्मद अल सार मारिएको दाबी गरेको छ ।
युनिसेफले जबालिया शरणार्थी शिविरमा भएको आक्रमणले ठूलो संख्यामा बालबालिका मारिएको भन्दै बालबालिकामाथिको आक्रमण बन्द गर्न इजरायलाई आग्रह गरेको छ ।



