कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमनले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १४० रनमै समेटिएको हो। नेपालका लागि कुशल भुर्तेलले २६, सोमपाल कामी, रोहित पौडेल र सुन्दीप जोराले १२-१२ तथा कुशल मल्लले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

ओमनका लागि सकील अहमद, मेहरन खान र अकिब इलयासले दुई-दुई तथा बिलाल खान र जीसम मक्सूदले एक-एक विकेट लिए।यसअघि ब्याटिङ गरेको ओमनले नौ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। ओमनका लागि जीसम मक्सूदले ३२, नसिम खुशीले २५, प्रतिक अथवालेले २४, सकील अहमदले २२ र आयान खानले १८ रन बनाए।

नेपालका लागि करण केसीले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले दुई-दुई तथा गुल्सन झा र अविनाश बोहराले एक-एक विकेट लिए। यससँग ओमन समूह ‘ए’को शीर्षस्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय