काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर बढ्दै गएको छ ।

दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) आइतबार ४ सय ८२ मा रेकर्ड भएको थियो । ५ नोभेम्बर –आइतबार) बिहान ७ बजेको रेकर्ड अनुसार दिल्लीका वजिपुर, शादीपुर, द्वारका, पन्जाबी बाग, मुंडका, लोधी रोड, ओखला लगायतका क्षेत्रमा वायु प्रदूषणको स्तर उच्च र गम्भीर श्रेणीमा पुगेको छ । प्रदूषणबाट बालबालिकाहरु प्रभावित हुने भएपछि १० नोभेम्बर (कात्तिक २४ गते) सम्म दिल्लीका सबै प्राथमिक विद्यालयहरु बन्द गरिएको छ ।

 

माध्यामीक स्तरका कक्षा संचालनका लागि शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय