इनरुवा । हिन्दुहरुको महान चार्ड दिपावली नजिकी रहेको समयमा परम्परागत रुपमा माटोको भाडाँ वनाउने काम गर्दै आएका कुमालेहरुलाई माटोको दियो लगायतका पुजाका भाँडा वनाउन भ्याइनभ्याई हुन थालेको छ ।दिपावलीको समयमा दियो ,धुपोउरो कलश लगायतका माटोका सामाग्रीहरुको माग बढी हुने गरेको कारण कुमालेहरुलाइ अहिले यस्ता सामाग्रीहरु बनाउन भ्याइनभ्याई हुन थालेको हो ।

अन्य समयमा आलमोनिय र प्लाष्टीकका भाडाँहरुको कारण वजार पाउन नसक्ने माटाका भाडाँहरु दिपावली छठ लगायतका चाडपर्वका समयमा भने माग बढी हुने गरेको छ । पुजाका लागि आवश्यक पर्ने माटाका भाडाँहरुको माग वढ्ने गरेको कारण यो समयमा कुमालेहरुलाई भ्याइनभ्याई हुने गरेको छ । विशेष गरी दिपावलीलाई वत्तीको पर्वको रुपमा समेत लिने गरीएको छ । झिलीमीली वत्ती वालेर धुमधामका साथ मनाईने दिपावली अर्थात तिहारमा अन्य समयको भन्दा वढी माटाका दियो , धुपोउरो,कलश लगायतका समाग्रीहरुको माग हुने गरेको कारण यो समयमा कुमालेहरु यस्ता समाग्रीहरु वनाउन व्यस्त रहने गरेका छन ।

मिहिनेत अनुसार आम्दानी नहुने तथा माटोको भाडाँकुडा वनाउन प्रयोग हुने माटो सहज रुपमा नपाइने , माटोका भाडाँ पोल्न प्रयोग गरिने दाउँरा , रगंरोगनका सामाग्रीको मुल्य वृद्धि भएपनि आफुहरुले वनाएका माटाका भाँडाहरुले मुल्य नपाउने गरेको इनरुवा २का युवा कुमाले सियाराम पंडित गुनासो गर्दछन । चाडपर्वको समयमा अन्य समयमा भन्दा वढी माटाका पुजा सामाग्रीको माग वढी हुने गरेको भएपनि अन्य समयमा माटाको भाडाँहरुको माग हुन छोडेको सियाराम वताउछन

प्लाष्टिक, आल्मुनियम, सिलवर लगायतका भाडाँको प्रयोग बढेपछि माटोका भाडाँहरुका माग घटेको इनरुवा २कै अर्का कुमाले सुिदमलाल पंडित वताउछन । पुर्खौली रुपमा माटोका भाडाँ वनाउने काम आफुहरुले गर्दै आएपनि मिहिनेत अनुसारको आम्दानी नभएकाले माटोको कामले परिवार चलाउन समस्या हुन थालेपछि युवाहरुले विकल्पका रुपमा अन्य पेशाहरु अपनाउन थालेको समेत सुदिमलालले जानकारी दिए ।

दशैं तिहार छठ लगायतका चाडपर्वको समयमा माटोका पुजा सामाग्रीहरुको माग बढी हुने गरेको भएपनि पछिल्लो समय दिपावलीमा विधुतिय झिलिमिली बत्तिहरुको प्रयोग बढेर माटोको दियोलाई विस्थापन गर्दै आइरहेको छ । माटोको काम गर्नेहरुलाई सरकारी स्तरबाट खासै चासो नदिएको भन्दै स्थानीय सरकार तथा अन्य निकायहरुले माटोको काम गर्नेहरुलाई प्रोत्साहन गर्न माटो मुछ्ने मेशिन , माटोको भाडाँ वनाउने चक्र सहित समयसमयमा सेरामीक तालिम उपलव्ध गराउनु पर्नेमा समेतम इनरुवाका कुमालेहरुले जोड दिदैआएका छन । सुनसरी सदरमुकाम इनरुवा क्षेत्रमा वसोवास गर्ने कुमालेहरुले पुर्खौली पेशाको रुपमा माटोको भाडाँ बनाउने काम गर्दै आएपनि पछिल्लो समयमा माटोको काममा निर्भर हुन सकिने अवस्था नभएकाले चाडपर्वका समयमा मात्र माटोको काम गर्ने र अन्य समयमा अन्य काम गर्न थालेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय