पटक पटक आइरहने भुकम्पको पराकम्पले बाजुराका ७ हजार १ सय ३० घरमा क्षति भएको छ । असोज १६ गते देखी हाल सम्म आएका भुकम्पका पराकम्पले गर्दा बाजुरामा ७ हजार १ सय ३० घरमा क्षेती भएको हो । पटक पटक भुकम्प आइरहने भएकाले बाजुराका स्थानिय त्रसित बन्दै आएका छन् । भुकम्पबाट बिस्तापित भएका नागरिकले अहिले सम्म राहत पाउन सकेका छैनन । बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ । भुकम्पले बाजुरामा १३ सय ८३ घर पुर्ण रुपमा क्षति भएका छन् । त्यस्तै आंशिक रुपमा ५ हजार २९ र ७ सय १८ जोखिम गरेर ७ हजार १ सय ३० घरमा क्षति भएका छन् ।

पुणर् रुपमा सबै भन्दा बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घर भएको प्रशासनले जनाएको छ । त्यस्तै बडिमालिकामा १ सय १४, त्रिवेणीमा १ सय १०, बुढिगंगामा १ सय २६ र बुढिनन्दा नगरपालिका १७ घरमा पुर्णरुपमा क्षति भएको छ । गौमुल गाउँपालिका २५ घर र हिमाली गाउँपालिकामा २ घरमा पुर्ण क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । बाजुरामा धेरै घर भत्किएका छन्, नभत्किएका घर पनि पुरै चिराचिरा भएकाले बस्न लायक नभएको खप्तड छेडेदह गाउँपालिका उपाअध्यक्ष बिशु नाथले बताएकी छन ।

पिडित अहिले चिसो पालमा रातकाटि रहेका छन । भुकम्पले घर चिरा चिरा बनाएको छ घर बस्न लायक नै नभएपछि घर नजिकै चौरमा पाल टागेर बसेका छन् । सुत्केरी गर्भवती महिला बालबालिका र एउटै पालमा चिसो सँगै रात बिताइरहेका छन् बाजुराका ७ हजार १ सय ३० परिवार घर छोडेर खुला आकासमा खुला ठाउँमा बस्दै आएका छन् । पिडितले सामान्य पाल भन्दा बाहेक अरु केही राहत नपाएको गुनासो गरेका छन् । चिसोमा लुगाकपडा र खाद्यन्नमा निकै समस्या भएको पिडितले वताएका छन् । घरमा बस्ने अबस्था छैन, पालमा बस्दा बिरामी भएको स्थानियले वताएका छन् ।

बाजुराको बझाङ सँग जोडिएको बुढिगंगा नगरपालिका, गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिकामा केही घर भत्किएको र केही घर जोखिममा रहेका छन् । बाजुरा जिल्लाभरी नै घरहरु जोखिममा रहेका छन्, तिनवटा पालिका सबैभन्दा बढी जोखिममा रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय