

दक्षिण कोरियामा रोबोटले एक जनाको ‘हत्या’ गरेको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले परीक्षणका क्रममा रोबोटले मानिसको हत्या गरेको जनाएको हो । खुर्सानीको डब्बालाई उठाएर ‘प्यालेट’मा राख्नका लागि उक्त रोबोट परिचालन गरिएको थियो ।
तर, रोबोटले मानिस र डब्बाबीच अन्तर छुट्याउन नसक्दा एक कर्मचारीलाई नै खुर्सानीको डब्बाझैँ समातेर ‘कन्वेयर बेल्ट’ मा धकेलिदिएको थियो । जसका कारण ति व्यक्तिको अनुहार र छाती च्यापिएको थियो । गम्भीर घाइते अवस्थामा अस्पतालमा लगिएका ती व्यक्तिको मृत्यु भएको बताइएको छ ।





