काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुक्ल द्वीतीयासम्म पाँच दिन मनाइने यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदै छ ।

वैदिक मान्यताअनुसार कागलाई सन्देश वाहकका रुपमा मान्ने गरिन्छ । दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष र म्हपूजा एवम् पाँचौं दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वीतीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुना कहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले तिहारलार्ई यमपञ्चक भनिन्छ ।

आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाई र दिदी बहिनी एवं बलिराजाको पूजा गर्ने चलन छ ।

तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वीतीयामा दिदीबहिनीले दाजुभाइलाई दीर्घायु र सुख शान्तिको कामना गर्दै टीका लगाई भाइटीका गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय