छैठौँ संस्करणको नैकाप गोल्डकपको उपाधि ब्लू बेल टिमले जितेको छ । काठमाडौँको पुरानो नैकापस्थित फुटबल मैदानमा आज भएको फाइनलमा मध्यपुर जागरुक क्लवलाई ५–० गोल अन्तरले हराउँदै ब्लू बेलले उपाधि जितेको हो । उपाधि विजेता ब्लू बेलले ५ लाख र उपविजेता मध्यपुर जागरुकले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।

सेमिफाइनलमा पराजित हुने टिमलाई ५०–५० रुपैयाँ प्रदान गरिएको छ । गत असोज २७ गतेदेखि शुरु भएको प्रतियोगितामा २७ वटा टिमले सहभागिता जनाएका थिए । नैकाप फुटबल ग्राउण्डको स्तरोन्नतीका लागि सघाउ पुग्ने प्रतियोगिता आयोजना गरिएको हो ।

युवाहरुलाई खेलप्रति आकर्षित गर्नका लागि पनि प्रतियोगिता आयोजना गरिएको बताउँदै अध्यक्ष बस्नेतले आगामी वर्षहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय