

काठमाडौं । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहार । लक्ष्मीको प्रतीकस्वरूप आज गाईको पूजा गरिँदै छ ।






गाईलाई मिठो मिठो खानेकुरा खुवाई विधिपूर्वक रुपमा पूजा गर्ने गरिन्छ । औँसीका दिन बिहान गाईपूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढले यो वर्ष दुई दिन परेको छ । आइतबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको थियो । आज बिहान गाईको पूजा गरिँदै छ ।
कार्तिक कृष्ण औँसीको गाईतिहार सोमबार भएपनि साँझ वा रात्रिमा तिथि नरहने भएपछि आइतबार नै लक्ष्मीपूजा गरिएको हो ।
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको डोरो आजकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ तर्न सहज हुने जनविश्वास रहेको छ ।