काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ । छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो । काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ ।

हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गर्ने गरेको र यस पटक पनि निःशुल्क नै व्यवस्थापन हुने बताइएको छ । त्यस्तै गौरीघाट छठ समिति संयोजक किरणकुमार दासले छठको घाट ५ सय ८ देखि ५ सय १० वटा बनाउने तयारी भएको छ । अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको र बाँकी काम शनिवारसम्म सकिने बताइएको छ । आर्थिक मन्दीका कारण यस वर्ष छठमा आउनेहरुको संख्या कमी हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय