भारतले आजदेखि दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना सुरु गरेको छ । समिटको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा उदघाटन गरेका छन । समिटमा आज विभिन्न देशका प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साँझ नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो समिटमार्फत विभिन्न दलका प्रमुखहरूले आ–आफ्ना विचार तथा प्राथमिकता एक अर्कासँग साटासाट गर्नेछन् । समिटमा शनिवार विदेशी मन्त्रीहरूको सम्बोधन हुन्छ भने कात्तिक ३ गते अर्थमन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । साथै कार्यक्रममा शिक्षामन्त्री, स्वास्थ्यमन्त्री, उद्योगमन्त्री, ऊर्जा मन्त्रीहरूको पनि सम्बोधन रहने बताइएको छ । जी–२० को अध्यक्षता अवधिभर भारतले ग्लोबल साउथका सरोकारहरूलाई समयमै सम्बोधन गर्ने र जल्दो बल्दो विश्वव्यापी चुनौतीका समाधान खोज्ने क्रममा ग्लोबल साउथका प्राथमिकतालाई ध्यानमा राख्ने प्रयास गरिरहेको छ । भर्चुअल रूपमा सुरु भएको सो समिट भारतले यसअघि २०७९ पुसमा गरेको गरेको थियो । अघिल्लो समिटमा ग्लोबल साउथका १ सय २५ राष्ट्रले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय