राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्न चाहने सबै पक्षलाई सङ्घर्षमा जुट्न आह्वान गरेका छन् । आज सामाजिक सञ्जालमा अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्न चाहने सबै पक्षलाई एउटै मोर्चामा आबद्ध भै निर्णायक सङ्घर्षमा जुट्न आह्वान गरेका हुन् ।

अध्यक्ष थापाले सुरुदेखि नै हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेन्डा बोकेर हिँड्ने एक मात्र दल राप्रपा नेपाल भएको दाबी समेत गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय