काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । अहमदाबादमा हुने छ फाइनल खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

भारतले न्यूजिल्याण्ड र अष्ट्रेलियाले साउथ अफ्रिकालाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।

सन् २००३ मा दुबै टिम फाइनलमा आमने सामने भएका थिए । उक्त खेल अष्ट्रेलियाले एकतर्फी रुपमा जितेको थियो । २० वर्ष पुरानो हारको बदला भारतले आज आफ्नो घरेलु मैदानमा लिने दाउमा छ । घरेलु मैदानमा उत्कृष्ट फर्ममा देखिएको भारतका लागि अवसर पनि छ । लगातार १० खेलमा जित निकालेको भारत फाइनलको उपाधि भिडन्त आफ्नो पक्षमा पार्न चाहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय