काठमाडौं । आजदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा उच्च अदालत पाटनमा निरन्तर सुनुवाइ हुने भएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाइदिने भन्दै ठूलो रकम असुल्ने गिरोहको ६ पटक पेशी चढेपनि विभिन्न बहानामा सुनुवाई हुन सकेको थिएन । प्रतिवादीका तर्फबाट ६० जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्ने भएपछि आजदेखि निरन्तर सुनुवाइको तालिका रहेको छ ।

पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई थुनामा छन् । टोपबहादुरका छोरा सन्दीप, खाणका स्वकीय सचिव नरेन्द्र केसी, सानु भण्डारी, सन्देश शर्मा, बिचौलिया केशव दुलाल, रामशरण केसी, हरिभक्त महर्जन, सागर राई र गोविन्द चौधरी थुनामै छन् ।

पक्राउ परेकामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटिसकेका छन् । रिहा भएका तुलाधर र गुरुङलाई थुनामै राख्नुपर्ने मागसहित सरकारी वकिलको कार्यालय उच्च अदालत पुगेको छ ।

अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत कीर्ते, संगठित अपराध र ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ । २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी उनीहरूसँग गरिएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय