काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ स्थित चेकपोष्टमा मोटरसाइकल दुर्घटना हुँदा १ जना गम्भीर घाइते भएका छन् ।

बागमती प्रदेश ०२–०२८प–२५७८ र बागमती प्रदेश ०२–०२८प–३८९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा पैदल यात्री घाइते भएका हुन् । घाइते चन्द्रागिरि नगरपालिका वडा नम्बर–६ का भैरव भण्डारी रहेका छन् । घाइते भण्डारीको उपचारको लागि बल्खुस्थित ओम समाज अस्पताल लगिएको थियो । टाउकोमा गम्भीर चोट लागेकाले भण्डारीलाई थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल लगिएको छ ।

सामान्य घाइते भएका मोटरसाइकल चालक लम्जुङ घर भई कुलेश्वर बस्दै आएका सुशान गुरुङ र थानकोटका नविन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय