काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका कामकारबाही नयाँ ढंगले अघि बढाउने बताएका छन् । बुधबार सिंहदरबारको पश्चिम तर्फको भागमा बनाइएको नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सरकारका काम कारबाही पनि अब नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले कार्यालय मात्रै नसारिएको बताउँदै कामको प्रकृति र गुण पनि अब नयाँ ढंगले गरेर जाने संकल्प पनि गर्नुभयो ।

त्यस्तै, शहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको बताउनु भयो । उहाँले पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने काम सम्पन्न भएको जानकारी गराउनु भयो ।

०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर प्रधानमन्त्री सोही कार्यालयमा सर्नुभएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय