काठमाडौं । निर्वाचन आयोगले आउदो माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउदो माघ ११ गते निर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको जानकारी दिनुभएको छ । आगामी फागुन २० गते राष्ट्रिय सभाका बिस जना सदस्यको पदावधि सकिँदैछ । पदावधि सक्किनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।



सोहि अनुरुप आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आउँदो माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव गरेका हुन ।



