काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
तालिका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको छ । दल दर्ता भएपछि पुन १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने छ । पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जनाएको छ । आयोगले निर्वाचनको समय विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म तोकेको छ ।



सरकारले माघ ११ गते निर्वाचन मिति घोषणा गरेपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।



