उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि कोणबाट राजतन्त्र फर्कने संभावना नरहेको दावी गरेका छन्। चितवनको भरतपुर बिमानस्थलमा संचारकर्मिहरुसग कुरा गर्दे गृहमन्त्री श्रेष्ठले यस्तो दावी गरेका हुन्। गणतान्त्रिक संविधानले सबैलाई आफ्ना विचार राख्ने र बोल्ने अवसर दिएकाले अहिले सडकमा केही व्यक्तिले नारा लगाएको उल्लेख गर्दै राजा फर्काउने संभावना नरहने दावी उनले गरे। व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलनबारे संचारकर्मिले सोधेको प्रश्नमा गृहमन्त्री श्रेष्ठले सडकमा धेरै अराजकता मच्चाउन खोजे पक्राउ समेत गरिने चेतावनी पनि दिए।

सरकारले शान्ति सुरक्षा र सुशासनको पक्षमा रहेर काम गरिरहेकाले यसको निरन्तरता दिने गृहमन्त्री श्रेष्ठको भनाइ थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि जनाताको जिविकालाई कसरी सहज बनाउन सकिन्छ भन्ने ध्ययमा रहेकोले आफुले गृहमन्त्रीको हैसियतले भगिरथ प्रयत्न गरिरहेको श्रेष्ठको दावी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय