नेपाली कांग्रेस लुम्बिनी प्रदेशको बन्द सत्रमा सहभागीहरुले संघियता र हिन्दु धर्मको विषयलाई पुनर्विचार गर्न माग गरेका छन् ।शनिबार देखि बुटवलमा शुरु भएको नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनको बन्द सत्रमा उपसभापति भुवन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक र महामन्त्री सुरेन्द्रराज आचार्यले पेश गरेको सांगठनिक प्रतिवेदनमा छलफल गर्दै सहभागीले संघियताको अभ्यास गलत रुपमा प्रस्तुत भएकोले यसको वारेमा कांग्रेसले जनतालाई प्रस्ट बनाउन माग गरेका छन् ।
हिन्दुराज्य रहेको नेपाललाई जनताको भावना विपरीत धर्म निरपेक्षता घोषणा गरेकोमा जनता असन्तुष्ट रहेको सहभागीको भनाइ थियो । उनीहरूले कांग्रेसले नेपाललाई हिन्दुराज्य घोषणाको मुल मुद्दा उठाउनु पर्ने माग गरेका छन् ।सबै तहका सरकारलाई सञ्चालन गर्न उच्च स्तरीय संयन्त्र तयार गर्ने र जनताको भावना अनुरुप अगाडि बढ्ने बन्द सत्रले निर्णय गरेको छ ।



केन्द्रीय तहका सबै नेताहरु वडा स्तरबाट प्रतिनिधि छानिनु पर्ने स्पष्ट विधानमा उल्लेख गर्न, पालिका सभापति र प्रदेश क्षेत्रीय सभापतिहरु स्वतह केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिने ब्यबस्था गर्न पनि माग गरेको छ ।तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ । पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई आग्रह गरेको हो।
प्रदेश सभापति अमरसिंह पुनले संघिय संरचना अनुसार पार्टीलाई पनि चलायमान बनाउन आग्रह गरे। यस्तै कांग्रेसको क्रियाशिलताको लागि सबै पालिका सभापतिलाई पदेन महाधिवेसन प्रतिनिधि तथा महासमिति सदस्य बनाउन पनि कांग्रेस लुम्बिनले आग्रह गरेको छ ।
पार्टीमा एक पटक केन्द्रीय सदस्य भएकाहरु पनि तल्लो तहबाट सोतह प्रतिनिधि भन्ने व्यस्था खारेज गर्न, सबैले तलैदेखी लडेर आउनुपर्ने कांग्रेस लुम्बिनीले प्रस्ताव गरेको छ ।बन्द सत्रमा प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेद, प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यद्धारा प्रस्तुत सांगठनीक प्रतिवेदन र कोषाध्यक्ष प्रकास रानाद्धारा प्रस्तुत प्रतिवेदन माथि ४ वटा समूह बनाएर छलफल भएको कांग्रेसका प्रदेश सदस्य युवा नेता विष्णुप्रसाद पोख्रेलले बताउनु भएको छ ।
सम्मेलनको हिजो शनिबार केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियोे । बन्द सत्र कांग्रेस महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षता र सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) को सञ्चालनमा सम्पन्न भएको थियोे ।कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, पुस्पा भुसाल, दिपक गिरी, डाक्टर गोविन्द पोख्रेल, अजयबाबु सिवाकोटी, अब्दुल रज्जाक लगायतका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियोे ।



