काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी सचिवालय बैठकले महाअधिवेशन र राष्ट्रिय सम्मेलनको मिति तय गरेको हो । बैठकले राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका लेख्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति समेत गठन गरेको छ । राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि गंगालाल तुलाधरको नेतृत्वमा समिति बनाइएको छ ।

त्यसैगरी बैठकले मंसिर २८ र २९ गते पुनः सचिवालय बैठक पनि बोलाएको छ । पुस ९ गते स्थायी कमिटी, १० गते पोलिटब्यूरो र पुस ११ र १२ गते केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय