काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्र पुग्नुभएको छ ।
मुटुमा समस्या देखिएपछि गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराईरहनु भएका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न प्रधानमन्त्री दाहाल पुग्नु भएको हो । गृहमन्त्री श्रेष्ठ मंगलबार साँझ अस्पताल भर्ना हुनुभएको थियो । उहाँको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ ।



गत असोज ३० गते चीन भ्रमणमा रहँदा उहाँको मुटुमा समस्या देखिएको थियो ।



